देवचन्द्र भट्ट, नुवाकोट नुवाकोटको ग्रामीण भेगमा रहेको एक गाउँपालिका कार्यालयबाट रहस्यमय रुपमा नगद रुपैयाँ चोरी भएको छ । पञ्चकन्या गाउँपालिका २ कबिलास पुरानिडाँडास्थित पन्चकन्या २ नम्बर वडा कार्यालय भवनबाट ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ नगद रहस्यमय रुपमा चोरी भएको हो ।
सामाजिक सुरक्षा भत्ता बितरण गर्न कार्यालयमा ल्याएर राखिएको रकम ढोका फुटाएर मध्यराती चोरी भएको जनाइएको छ । प्रहरीका अनुसार सो वडा कार्यालयबाट ३२ इन्चको एकथान सीसीटीभीको मोनिटर पनि चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र इलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ ।