Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सपना भिलेजसँगको सहकार्यमा इच्छाकामना गाउँपालिकाले चेपाङ गाउँमा बाड्यो दशैं राहत

सपना भिलेजसँगको सहकार्यमा इच्छाकामना गाउँपालिकाले चेपाङ गाउँमा बाड्यो दशैं राहत

इच्छाकामना न्युज

१, कार्तिक २०७७
सपना भिलेजसँगको सहकार्यमा इच्छाकामना गाउँपालिकाले चेपाङ गाउँमा बाड्यो दशैं राहत
images

हातिवाङ, १ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैंलाई लक्षित गर्दै खाद्यान्न राहत वितरण गरेको छ। गाउँपालिकालेसपना भिलेज सोसियल इम्याक्ट सौराहासँगको सहकार्यमा वडा नं. १ का ६ सय ६५ घरधुरी विपन्न वर्गका चेपाङलाई आज खाद्यान्न राहत वितरण गरेको हो। 
ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउनका कारण काम नपाएपछि गाउँ मै वस्न वाध्य थिए। खाद्यन्न अभाव भएर दसैँ नै खल्लो वन्ने अवस्था भएपछि गाउँपालिकाले सपना भिलेजसँग राहतका लागि आग्रह गरेको थियो। सोहि बमोजिम संस्थाले प्रति घरधुरी १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल र १ पोका नुन सहयोग गरेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो। ९ लाख ७५ हजार बरावरको खाद्यन्न सामाग्री सहयोग गरेको बताउँदै गिरीले विपन्न गरिब चेपाङहरुको आर्थिक सामाजिक र शैक्षिक स्तर उकास्न परियोजना मार्फत काम गरिरहेको बताउनुभयो। यो दसैँ दसा वन्ने खतरा रहदा खाद्यन्न सहयोगले चेपाङ समुदायमा केही खुशी मिल्ने बताउनुभयो ।

images
images

IMG_3000.jpg
कार्यक्रमका प्रमुख अतिथि एवं इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले कोभिड १९ र लकडाउनका कारण आम्दानी गुमेका चेपाङहरुमा दसैँको केही खुशीयाली दिन सहयोग कार्यक्रम आह्वान गरे अनुसार खाद्यन्न सहयोग गरिदिएको भन्दै संस्थालाई धन्यवाद दिनुभयो।
साथै परियोजना प्रभावकारी रहेको भन्दै गाउँपालिकाले पनि चेपाङहरुका जिवनस्तर उकास्न काम गरिरहेको बताउनुभयो। कार्यक्रम निर्देशक सुजन वस्नेतले २०७६ साल माघ १ गतेदेखि सवै यात्राको सुरुवात एक सपनाबाट भन्ने नाराका साथ ३ वर्षे परियोजना संचालन गरिएको ठाउँका चेपाङको दसैँ थप दर्दनाक नवनोस भनी सहयोग गरेको बताउँदै परियोजनाले चेपाङको जिवनस्तर सुधार्दै लगेको बताउनुभयो।

दसैँ थप दर्दनाक हुन नदिन आफूहरुले यसरी सहयोग गरेको जानकारी दिनुभयो। आज घटस्थापनाको दिन नै खाद्यन्न सहयोग पाएपछि खुशी भएका चेपाङहरु दसैमा चामलको भात खान पाइएको भन्दै खुशी भएका थिए। ६ महिना आफ्नै उत्पादन र ६ महिना सकसपूर्ण जिवन जिउन वाध्य चेपाङहरु लकडाउन र कोभिड १९ ले झनै समस्यामा परेका छन्।

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १८:३५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology