Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जसपा नेता ठाकुर र महतलाई फकाउदै कांग्रेस र माओवादी

जसपा नेता ठाकुर र महतलाई फकाउदै कांग्रेस र माओवादी

images

इच्छाकामना न्युज

२३, चैत्र २०७७
जसपा नेता ठाकुर र महतलाई फकाउदै कांग्रेस र माओवादी
images

काठमाडौं, २३ चैत । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन्।

जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने बिनासर्त ओलीको विकल्प खोज्न तयार छन्।

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय लिएको दुई दिनपछि वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरसँग आइतबार उनकै निवासमा गएर कुराकानी गरेका थिए ।

स्रोतका अनुसार ठाकुरले सरकार निर्माणका सन्दर्भमा पुरानै कुरा दोहोर्याएका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको निर्णयप्रति नै उनले चित्त दुखाएका थिए ।

जसपाले समेत नेतृत्व दाबी गरिरहेका बेला कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णयले वातावरण बिथोलिएको भनाइ ठाकुरले राखेका थिए ।

पौडेलले त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै समझदारीमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकिने बताएका थिए । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - ०७:२७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology