Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

देवघाट गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आशिक राना

२१, चैत्र २०७७
देवघाट गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

देवघाट, २१ चैत । तनहुँको देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमामा प्रतियोगिता आजबाट सुरु सुरु भएको हो।

images

168812086_206387821284468_5453564331163694877_n.jpg

प्रतियोगिताको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले भलिबल सर्बिस गर्दै उद्घाटन गर्नुभएको थियो। समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देवघाट गाउँपालिकाको बिकासले हरेक क्षेत्रमा निरन्तर अगाडी बढेको बताउदै गाउँपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर संगै खेलकुद क्षेत्रलाई पनि अगाडी बढाउन सबैसँग समन्वय र हातेमालो गर्दै अगाडी  बढ्ने बताउनुभयो। 

168818142_472320644119192_711389963688734206_n.jpg

कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले बोल्दै गाउँपालिकाले खेलकुद बिकासको क्षेत्रलाई दिगो योजना बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले खेलाडीहरुलाई हौंसला प्रदान गर्दै अगाडी बढाउन सकेमा भोली गाउँपालिकाको मात्र नभई देशकै नाम बिदेशमा पनि चिनाउन सक्ने उहाँले बताउनुभयो।

सो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा  देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले पनि सम्बोन्धन गर्दै  देवघाट गाउँपालिकाले शैक्षिक र खेलकुद क्षेत्रमा मात्र नभई गाउँपालिका बिकासको लागि निरन्तर लागी परेको बताउदै सकारात्मक बिचार र सोच लिएर अगाडी बढ्न आग्रह गर्नुभएको थियो।

169065475_745089119526654_6945602873848978467_n.jpg

कार्यक्रममा देवघाट नेकपा पार्टी सचीव केसव चन्द्र न्यौपाने, नेपाली कांग्रेस देवघाटका सभापति प्रेम बहादुर गुरुङ, देवघाट गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख होमनाथ लामिछाने, देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोसन श्रेष्ठ, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

168628007_4279975272117144_3115985936689455696_n.jpg

कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य टुकनाथ अधिकारी, देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज चिलुवाल, समाजसेवी पुर्ण बहादुर कुवर, चन्द्रप्रकाश दवाडी लगायतको उपस्थिति रहेको थियो भने कालिका माबि विद्यालय व्यवस्थापनका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा समुद्घाटन सत्र कार्यक्रम समापन भएको थियोे।

168531290_2157200297743443_6779513551572666163_n.jpg

यस्तै सोहि कार्यक्रममा देवघाट बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा सामुदायिक  विद्यालयहरुलाई साबुन र सेनेटाइजर प्रदान गर्नुभएको थियो।

168423140_271381944689420_8410340512833290707_n.jpg

images
प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - १९:५३:५५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology