देवघाट, २० चैत । तनहुँको देवघाट गाउँपालिकामा गाउँपालिका स्तरीय कलाकार मंचको तदर्थ समिति गठन गरेको छ। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं वरिष्ठ लोकदोहोरी गायक अमरविरही गुरुङको प्रमुख आतिथ्यतामा आज देवघाटमा भएको एक भेलाले युवराज थापा मगरको अध्यक्षतामा ११ सदस्यीय देवघाट कलाकार मंचको तदर्थ समिति गठन गरेको हो।
मंचको तदर्थ समितिको उपाध्यक्षमा हिमकुमार थापा मगर, सचिवमा आशिक राना मगर, कोषाध्यक्षमा संजय थापा मगर, सह–कोषाध्यक्षमा सुनिता गुरुङ रहेका छन् भने सदस्यहरुमा शिव थापा मगर, बिशाल आले मगर, शान्ति आले मगर, गीता गुरुङ, समिर थापा मगर र कविता आले मगर रहेका छन्।

यस्तै मंचको सल्लाहकारमा अमर बिरहि गुरुङ, चन्द्रा गुरुङ, बलबिक्रम थापा मगर, लेखनाथ पौडेल, डा.सुरेन्द्र श्रेष्ठ र गंगा राई मगर रहेका छन्।
भेलालाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गुरुङले कला, संकृति, भेषभुषा संरक्षण हामी सबैले मिलेर गर्नुपर्ने बताउनुभयो। साथै आगामी दिनहरुमा पनि लोकदोहोरी क्षेत्रमा सबैसँग सहकार्य गरेर अगाडी बढ्ने समेत उहाँले बताउनुभयो।
भेलामा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको समेत उपस्थित रहनुभएको थियो। सोहि भेलालाई सम्बोन्धन गर्दै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको विकास हरेक क्षेत्रमा अगाडी बढेको बताउनुभयो। उहाँले देवघाट गाउँपालिकामा पर्यटकीय संम्भावना बोकेको ठाँउहरु धेरै भए पनि प्रचारप्रसार हुन नसक्दा पछि परेको बताउनुभयो।
‘अब आगामी दिनहरूमा गीतसंगीतको माध्यमबाट पनि प्रचारप्रसार गरेर देवघाटलाई झ देश विदेश चिनाउन सकिन्छ’ उहाँले भन्नुभयो। यसैगरी कला संकृति र प्रकृतिलाई संरक्षण गर्ने उद्देश्यको साथ देवघाट कलाकार मंच गठन भएकोमा खुशी व्यक्त गर्दै आफुले सक्दो सहयोग गर्ने पनि उहाँले बताउनुभयो।