नवलपुर, १६ चैत । नवलपुरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा देवघाट युवा तथा खेलकुद समिति फाईनलमा प्रवेश गरेको छ। फागु पूर्णीमाको अवसरमा क्रियटिभ युवा संजाल देवचुलि नगरपालिका ४ झाँक्रे नवलपुरद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा देवघाटको देवघाट युवा तथा खेलकुद समिति फाईनलमा प्रवेश गरेको हो ।
यहि फागुन १४ गतेबाट सुरु भएको प्रतियोगितामा समितिले टु स्टर कावासोति नवलपुरलाई पराजित गर्दै देवघाट गाउँपालिका तनहुँको देवघाट युवा तथा खेलकुद समिति फाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको आज फाइनल खेल आज दिउँसो २ बजे हुनेछ। फाईनलमा देवघाट युवा तथा खेलकुद समितिको भिडन्त आयोजक क्रियटिभ युवा संजाल झाँक्रे सँग हुनेछ।