Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माआवादी केन्द्रको तयारी

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माआवादी केन्द्रको तयारी

images

सिआईएन

१५, चैत्र २०७७
सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माआवादी केन्द्रको तयारी
images

काठमाण्डौ, १५ चैत । नेकपा माओवादी केन्द्रले सरकारलाइ दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले पार्टी अलग गरिदिएपछि दुइ पार्टीबीचको दुरी झन् बढेको छ ।

माओवादी केन्द्र सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने रणनितिमा लागेको भएपनि सहमति नजुटेपछि अब सरकारलाइ दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र लागेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि सीआईएनसँग कुरा गर्दै केही दिन भित्रै सरकारलाइ दिएको समथर्न फिर्ता लिने बताउनुभयो । संघमा सरकारलाई दिएको समर्थन फिर्ता लिंदा त्यसको असर प्रदेश सरकारमा समेत देखिने तर आफुहरु प्रदेश सरकार छाड्नु परे पनि तयार रहेको शर्माको भनाई छ ।

प्रश्न सरकारको होईन, लोकतन्त्र र संविधानको रक्षाको हो, शर्माले भन्नुभयो ‘हामी प्रदेश सरकारबाट बाहिरिन तयार छौं ।’ कर्णाली र सुदुरपश्चिम प्रदेशमा माओबादी केन्द्र नेतृत्वको सरकार छ । 

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०९:४१:२१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology