Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेकपा एमालेको खनाल–नेपाल समूहले अत्मसमर्पण नगर्ने, पार्टीभित्रै संघर्ष गर्ने

नेकपा एमालेको खनाल–नेपाल समूहले अत्मसमर्पण नगर्ने, पार्टीभित्रै संघर्ष गर्ने

images

पत्रपत्रिका

१५, चैत्र २०७७
नेकपा एमालेको खनाल–नेपाल समूहले अत्मसमर्पण नगर्ने, पार्टीभित्रै संघर्ष गर्ने
images

काठमाडौं, १५ चैत । नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा एमाले र माओवादी ब्युँताइदिएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल समूहका नेताहरुले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्क्यौलमा पुगेको छ । शुक्रबार र शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

अधिकांश केन्द्रीय सदस्यहरुले व्यक्तिवाद र अवसरवादसँग लडाइँ लड्ने, व्यक्तिवादसँग जोडिएर आएको अवसरवादजस्ता विषयसँग सजग रहनुपर्ने धारणा राखेका छन् । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०७:३८:१५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology