Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रुपन्देहीको केरवानी माध्यमिक विद्यालयमा शिक्षिकाको कुटपिटबाट विद्यार्थी घाईते 

रुपन्देहीको केरवानी माध्यमिक विद्यालयमा शिक्षिकाको कुटपिटबाट विद्यार्थी घाईते 

इच्छाकामना न्युज

१४, चैत्र २०७७
रुपन्देहीको केरवानी माध्यमिक विद्यालयमा शिक्षिकाको कुटपिटबाट विद्यार्थी घाईते 
images

पार्वती न्यौपाने, रुपन्देही, १४ चैत । देवदह ५ मा रहेको केरवानी माध्यमिक विद्यालयमा शिक्षिकाको कुटपिटका कारण विद्यार्थी घाईते भएका छन् । कक्षा कोठामा सोधिएको प्रश्नको जवाफ दिन नसकेको भन्दै शिक्षिका साहारा दाहालले कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गर्नुभएको हो ।

images
images

कुटपिटबाट विद्यार्थीको हात सुनिनुको साथै निलडाम समेत रहेको छ । विद्यार्थीहरुको औलामा गहिरो चोट लागेको छ । अहिलेको कानुनमा विद्यार्थीलाई कुटपिट गर्न नपाईने भएपनि शिक्षिका दहालले विद्यार्थीलाई पढाईको नाममा कुटपिट गर्नुभएको छ । शिक्षिका दहालले बेला बेलामा आफुहरुलाई कुटपिट गर्ने गरेको विद्यार्थीले बताएका छन् ।

कुटपिट गर्ने शिक्षिकालाई हटाउनु पर्ने, विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने माग गर्दे विद्यार्थीहरुले आन्दोलन गरेका थिए । विद्यालयमा बेला बेलामा यस्तो घटना भए पनि विद्यालय प्रशासनले वेवास्ता गर्ने गरेको विद्यार्थीहरुको आरोप छ । शिक्षिका दाहालले आफुले गल्ती गरेको स्वीकार गर्नु भएको छ ।

विद्यार्थीलाई कुटपिट गर्नु गलत भएको विद्यालयका सहायक प्रधानाध्यापक हरीप्रसाद पाण्डेले बताउनुभयो । कुटपिटका विषयमा शिक्षिका दाहाललाई लिखित रुपमा स्पष्टीकरण माग गरेको र सोही स्पष्टिकरण विद्यालय व्यवस्थापन समितिको बैठकमा राख्ने सहायक प्रधानाध्यापक पाण्डेले बताउनु भयो । 

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०९:०६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology