Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भोलीको लागि नेकपा एमालेको संसदीय दलको बैठक आह्वान 

भोलीको लागि नेकपा एमालेको संसदीय दलको बैठक आह्वान 

इच्छाकामना न्युज

१२, चैत्र २०७७
भोलीको लागि नेकपा एमालेको संसदीय दलको बैठक आह्वान 
images

काठमाण्डौ, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।

images
images

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बालुवाटारमा दिउँसो ३ बजे बैठक तय भएको संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो । दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूलाई समेत जानकारी गराएको उहाँको भनाइ छ ।

नेता नेपाल–झलनाथ खनाल पक्षले गत चैत ७ गतेको बैठकमा भाग लिएको थिएन । बैठकमा नियमित अनुपस्थित रहेमा विधानअनुसार कारवाही हुने चेतावनी दिँदै पार्टी हित विपरीत गुटगत भेला गरेकाले चारजना नेतालाई यसअघि लिखित स्पष्टीकरण पनि सोधिएको थियो ।

चारैजना नेताले भने छुट्टाछुट्टै जवाफ दिने र आफूहरूको तर्फबाट पनि केही प्रश्न सोधेर पत्र पठाइने बताएका छन् । 

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २०:०९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology