काठमाण्डौँ । एमालेको धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्ने भएको छ । सर्न लागेको भवनको अध्यक्ष केपी ओलीलगायत पदाधिकारीले बुधबार निरीक्षण गरेका छन् ।
धुम्बाराहीको कार्यालय थापाथली सार्ने निर्णय भएको सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए । दुगडका अनुसार अहिलेसम्म उक्त भवनको भाडा कति हुने भन्नेबारेमा कुनै सहमति भइसकेको छैन । यद्यपि, पाँच वर्षसम्मको सम्झौता भएको उनले जानकारी दिए । अब कार्यालय सर्न लागेको उक्त भवन दुगडका आफन्त सञ्जय अग्रवालको हो ।
एमालेको अहिले सर्ने साढे दुई तलाको भवनमा १३ वटा कोठा छन् भने २५ वटासम्म चारपांग्रे गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ । धुम्बाराहीस्थित पार्टी कार्यालय रहेको ठाउँनजिक चक्रपथको सडक विस्तार हुने भएपछि आवतजावतमा अप्ठेरो नहोस् भन्नका लागि कार्यालय सार्न लागिएको एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।