Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

रारा दुर्घटनामापरी मृत्यु भएकाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

रारा दुर्घटनामापरी मृत्यु भएकाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
रारा दुर्घटनामापरी मृत्यु भएकाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइयो
images

सुर्खेत। मुगुको रारा ताल घुम्न जाने क्रममा हाइलक्स गाडी दुर्घटनामा परी मृत्यु भएका तीन पर्यटकको शव र घाइते दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ । आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकमा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको थियो ।

सडकबाट करिब ६०० मिटर तल खसेको गाडीमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् । उनीहरूको शव सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो ।

त्यस्तै, दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय चालक कञ्चन थापा र उनकी श्रीमती अञ्जु थापालाई पनि सोमबार बिहान सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको थियो । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल मुगुमा पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । उनीहरू रारा ताल घुम्नका लागि आएका पर्यटक थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

#हेमन्त केसी

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - १५:०६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology