Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

जिल्ला सुरक्षा समितिको अनुमति नलिई नारायणी किनारमा महोत्सव गर्ने तयारी,तत्काल एक्सन लिने चेतावनी

जिल्ला सुरक्षा समितिको अनुमति नलिई नारायणी किनारमा महोत्सव गर्ने तयारी,तत्काल एक्सन लिने चेतावनी

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
जिल्ला सुरक्षा समितिको अनुमति नलिई नारायणी किनारमा महोत्सव गर्ने तयारी,तत्काल एक्सन लिने चेतावनी
images

चितवन । नारायणी नदी किनारमा मंसिर २ गतेदेखि सञ्चालन हुन लागेको महोत्सवले अहिलेसम्म जिल्ला सुरक्षा समितिबाट अनुमति नलिएको पाइएको छ । जिल्ला सुरक्षा समितिबाट अनुमति नलिई कुनै पनि भीडभाडजन्य गतिविधि गर्न पाइँदैन । अनुमति नलिई महोत्सव सुरु गरिए तत्कालै एक्सन लिने समितिले जनाउ दिएको छ ।

जिल्ला सुरक्षा समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महोसत्व आयोजकले अहिलेसम्म अनुमति नलिएको पुष्टि गरेका हुन् । ‘नारायणी किनारमा हुने भनिएको महोत्सवले अहिलेसम्म अनुमति लिएको जानकारी छैन’, सिडिओ अर्यालले भने ।
विवादास्पद कम्पनी रेड रक नेपालले गत वर्ष पनि नारायणी किनारमै महोत्सव आयोजना गरेको थियो । सोहि बेला रत्ननगर महोत्सव र गैंडाकोट महोत्सव सञ्चालन हुने भएपछि रेड रक नेपालले मागेको समयमा महोत्सव गर्न जिल्ला सुरक्षा समितिले अनुमति दिएन । गत वर्ष आफुले मागेको समयमा महोत्सव गर्न नपाएपछि रेड रक नेपालका प्रतिनिधिले सिडिओको तत्कालै सरुवा गराइदिनेदेखि सिडिओको ‘काउन्ट डाउन’ सुरु भएकोसम्म चेतावनी दिएका थिए । तर रेड रक नेपालको दुर्भाग्य भनौँ, यो पटक महोत्सव गर्दा पनि चितवनको सिडिओ गणेश अर्याल नै छन् ।

गत वर्ष रेड रक नेपालसँग विवाद भएपछि जिल्लाका पालिकाहरु र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । बैठकमा जिल्ला सुरक्षा समितिबाट अनुमति लिएपछि मात्रै स्थानीय तहले मेला महोत्सव सञ्चालन गर्न दिने सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले यस आवमा महोत्सव गर्न गत आर्थिक वर्षमै अनुमति दिएको पाइएको छ । महानगरबाट अनुमति दिँदा आर्थिक चलखेल भएको हुन सक्ने आशंका पनि गरिएको छ ।

मेला महोत्सव गर्दा भीडभाड हुने हुँदा हुलदंगा हुन सक्ने सम्भावना रहन्छ । साथै ट्राफिक व्यवस्थापन पनि भद्रगोल हुन्छ । यस्तो अवस्थामा सुरक्षा प्रदान गर्ने र ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिको रहन्छ । त्यहि समितिबाट अनुमति नै नलिई महोत्सव गर्ने तयारी भइरहँदा महोत्सवको भविष्य नै के हुन्छ भन्ने अन्यौलता बढेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - १२:३९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology