काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिनुभएको हो ।
भारतका लागि राजदुत डा। निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा।कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उहाँहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उहाँहरुलाई राजदुत पदमा नियुक्त गर्नुभएको थियो ।