Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सुन्दरपुर पुगे सभामुख अर्याल

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सुन्दरपुर पुगे सभामुख अर्याल

images

इच्छाकामना न्युज

१, मंसिर २०८३
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सुन्दरपुर पुगे सभामुख अर्याल
images

सर्लाही । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गरेका छन् ।

आज भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवारसँग कुराकानी गर्दै राज्य पीडितहरूको साथमा रहेको आश्वासन दिए । उनले पीडित परिवारलाई नआत्तिन आग्रह गर्दै घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
दुःखद घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यस कठिन परिस्थितिमा पीडित परिवारलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त भेटघाटमा सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद नरेन्द्र साह, सर्लाही क्षेत्र नम्बर २ का सांसद रवीन महतो लगायत अन्य संघीय सांसदहरूको समेत उपस्थिति रहेको थियो ।

सभामुखसहितको टोलीले पीडित परिवारको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग र राहतका विषयमा आश्वस्त पारेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८३ सोमवार - १४:४७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology