काठमाडौं । सामान्य रूपमा खरिद गरिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटर जित्ने अवसर दिलाएको छ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत भाग्यशाली विजेताहरूले पुरस्कार प्राप्त गर्न थालेका छन् ।
अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत उनीहरूले मोटरसाइकल जितेका हुन् ।

त्यसैगरी, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई जना विजेतालाई पुरस्कार प्रदान गरिएको छ । धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल हात पारेका छन् । यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको छ ।
पुरस्कार प्राप्त गरेपछि विजेताहरूले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरूले मोटरसाइकल तथा स्कुटर जित्ने खबर अप्रत्याशित र यादगार बनेको बताएका छन् । म्याक्स टाइगरको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र आठ जनाले स्कुटर जितिसकेका छन् । तर, पुरस्कार जित्ने अवसर अझै बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानमा अझै आठ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर छ । बम्पर पुरस्कारमा राखिएको कारले उपभोक्तामाझ थप आकर्षण बढाएको कम्पनीको भनाइ छ ।
सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकर्षक पुरस्कार जित्ने अवसरसँग जोड्दै म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई अभियानमा सहभागी गराउँदै आएको छ । एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत पुरस्कार हस्तान्तरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ ।