विराटनगर । मोरङको रतुवामाईमा ग्यास चुहिएर भएको आगलागीमा जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ।
सुरुमा उनलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। आगलागीबाट भान्छामा रहेका सामानसहित घरका विभिन्न सामग्री जलेर नष्ट हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।