Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको छिपछिपेमा सिलाई कटाई तालीम सुरु

देवघाटको छिपछिपेमा सिलाई कटाई तालीम सुरु

आशिक राना

१०, चैत्र २०७७
देवघाटको छिपछिपेमा सिलाई कटाई तालीम सुरु

देवघाट, १० चैत । तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा देवघाट ३ छिपछिपेमा २ महिने सिलाई कटाई तालिम सुरु भएको छ। आजदेखि सुरु भएको कार्यक्रमको प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले ब्यानर खोलेर समुद्घाटन गरेका छन्। 

images

33.png

कार्यक्रमलाई सम्बोन्धन गर्दै देवघाट गाउँपालिकाको बिकास कार्ययोजना अगाडी बढिरहेको बताउदै महिला दिदिबहिनीहरुलाई विशेष लक्षित गरि स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए।

22.png

कार्यक्रममा स्वागत मन्तव्य देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले राखेका थिए भने अतिथिहरुमा कार्यपालिका सदस्य यममाया गुरुङ, वडा सदस्य दुर्ग बहादुर गुरुङ, मनमाया बिक, समाजसेवी डा. सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रमको अध्यक्षता ३ नं. वडाका वडाध्यक्ष कृतिमान आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २१:५१:३३ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology