Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीको सत्रसयमा स्वास्थ्य संस्था थपिने क्रम बढ्यो, आजदेखि नागरिक आरोग्य सेवा केन्द्र संचालन

आँबुखैरेनीको सत्रसयमा स्वास्थ्य संस्था थपिने क्रम बढ्यो, आजदेखि नागरिक आरोग्य सेवा केन्द्र संचालन

images

इच्छाकामना न्युज

९, चैत्र २०७७
आँबुखैरेनीको सत्रसयमा स्वास्थ्य संस्था थपिने क्रम बढ्यो, आजदेखि नागरिक आरोग्य सेवा केन्द्र संचालन
images

आँबुखैरेनी, ९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा स्वास्थ्य संस्था थपिने क्रम बढेको छ। सो क्रममा आजदेखि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रत्येक स्थानीय तहमा केन्द्र स्थापना गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको लक्ष्य अनुसार १ नम्बर वडाको मेलमिलाप केन्द्रमा सोमबारबाट आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट आयुर्वेद पद्दतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति सर्वसाधारणलाई आकर्षित गराउनुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखेलले पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएकाले सबैले उक्त सेवा लिनुपर्नेमा जोड दिनुभयो ।

आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो । सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित स्थानीय तहमै आरोग्य स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको बस्नेतले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले दश वटै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापनालाई तीव्रता दिएको छ । जिल्लाको घिरिङ, देवघाट र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना भइसकेको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - २१:३५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology