Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत

मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत

images

इच्छाकामना न्युज

८, कार्तिक २०८३
मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत
images

काठमाडौँ। मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्‌हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिनु सार्वजनिक गर्दै कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने उल्लेख गरेको छ । यस अवधिमा वर्षाको जोखिम बढ्न सक्ने भन्दै पाकेको धानबाली जोगाउन र उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले पनि आग्रह गरेका छन् ।
विभागले शुक्रबार जारी गरेको बुलेटिनमा भनिएको छ, बिहान ५ः४५ बजे पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई पश्चिम(उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।ु

नेपालमा हुन सक्ने वर्षाको मात्र र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिए पनि कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले सबैलाई सतर्क हुन आग्रह गरेको छ । भारतको मौसम विभागले शनिबार बुलेटिन जारी गर्दै बंगालको खाडीको मध्यपूर्वी तथा दक्षिणपूर्वी आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएको जनाएको छ ।

शुक्रबार बनेको न्यून चापीय क्षेत्र थप शक्तिशाली न्यून चापीय क्षेत्रमा परिणत भएको छ । यो प्रणाली आइतबार गहिरो अवदाब (डिप डिप्रेसन) र सोमबार बिहानसम्म बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै यो प्रणाली थप शक्तिशाली हुने र बुधबार बिहानसम्ममा आन्ध्र प्रदेशको तट नजिकै बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा पुग्ने सम्भावना छ ।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा मौसमी विश्लेषण सार्वजनिक गर्दै कात्तिक १२–१५ गतेसम्म सम्भावना र जोखिम रहने उल्लेख गरेका छन् । अहिलेको पूर्वानुमानमा यस अवधिमा नेपालका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा भारी वर्षाले जोखिम बढाउन सक्ने उनको भनाइ छ । शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी देखिन्छ, उनले भनेका छन्, काठमाडौंलगायत लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत छ । मनाङमा पनि यसपटक फेरि विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालनजिक आउँदा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुन सक्ने र त्यसले भारी वर्षाको सम्भावना बढाउने पोखरेलले उल्लेख गरेका छन् । खेतमै रहेको पाकेको धान र काटेर सुकाउन राखेको बालीमा क्षति पुग्न सक्ने भएकाले स्थानीय मौसम हेरेर बाली सुरक्षित गर्ने योजना बनाउन पनि उनले आग्रह गरेका छन् ।

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि ११ देखि १५ गतेसम्म देशैभर वर्षा हुने अनुमान गरेका छन् । बाली काट्न र भित्र्याउन आग्रह गर्दै उनले उच्च हिमाली क्षेत्रको पदयात्रालाई उक्त अवधिमा विराम लगाउन सुझाव दिएका छन् ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८३ शनिवार - १३:५८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology