काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभा भगवतीलगायत मन्दिरमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको भीड लागेको हो। तिथिमा वृद्धि भएका कारण आज पनि कतिपय स्थानमा महाअष्टमी मनाइँदैछ।
त्यस्तै, गोरखाको मनकामना,ताप्लेजुङको पाथीभरा, पोखराको विन्ध्यवासिनी, ललितपुरको बगलामुखी, काभ्रेको पलाञ्चोक भगवती, डोटीको शैलेश्वरी, नेपालगञ्जको वागीश्वरी र बाराको गढीमाईलगायत शक्तिपीठमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन तथा पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यस अवधिमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गरिनुका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ।