Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपालद्वारा ओमानसामु २८१ रनको लक्ष्य

नेपालद्वारा ओमानसामु २८१ रनको लक्ष्य

images

इच्छाकामना न्युज

३, कार्तिक २०८३
नेपालद्वारा ओमानसामु २८१ रनको लक्ष्य
images
चितवन। आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो।

नेपालका लागि रोहित पौडेलले ८१ बलमा ८० रन बनाए। त्यस्तै, देव खनालले ६५ बलमा ५७ रन र दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रनको योगदान दिए।

अन्तिमतिर आक्रामक ब्याटिङ गरेका बसिर अहमदले ७ बलमा १७ रन बनाए। उनले अन्तिम ओभरमा एक छक्का र दुई चौका प्रहार गरे। यद्यपि, चौथो बलमा उनी क्याच आउट भए।

नेपालका अन्य ब्याटरमध्ये आशिफ शेखले ७, गुल्शन झाले ५ र करण केसीले ९ रन बनाए। सन्दीप लामिछाने र नन्दन यादव भने खाता नखोली आउट भए।

ओमानका फैसल शाहले एकदिवसीय क्रिकेटमा पहिलोपटक पाँच विकेट लिए।

नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ। ओमानविरुद्ध जित हासिल गरे नेपालले लिग–२ मा छैटौँ स्थानमा रहँदै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछ। पराजित भए नेपालको एकदिवसीय मान्यता गुम्ने जोखिम रहेको छ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८३ सोमवार - १६:५२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology