Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

दसैँ बिदाले राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँ बिदाले राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

images

इच्छाकामना न्युज

२, कार्तिक २०८३
दसैँ बिदाले राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित
images

काठमाडौँ । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष सो समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते तोकिएको हो। सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ ।

यस कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। 

बालस्वास्थ्य रक्षा तथा कुपोषण र अन्य स्वास्थ्य जटिलताबाट बचाउन यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेकाले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको औषधि खुवाउने केन्द्र (वितरण केन्द्र) मा लगेर अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरिएको छ।

 

images
प्रकाशित मिति :कार्तिक २, २०८३ आइतवार - १५:२५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology