विभागले सम्बन्धित कम्पनीमाथि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अघि बढाएको हो। विभागका महानिर्देशक नवराज ढकालका अनुसार यसअघि कम्पनीहरूसँग स्पष्टीकरण माग गरिएको थियो।
प्राप्त स्पष्टीकरणको अध्ययनपछि थप अनुसन्धान आवश्यक देखिएकाले अनुसन्धान अधिकृत तोकिएको उहाँले जानकारी दिनुभयो।
मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य र २५० कम्पनीलाई सहायक एजेन्सीका रूपमा सूचीकृत गरिएको छ।
मलेसियाले यही सूचीमा रहेका एजेन्सीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढाएपछि त्यसको वैधानिकता र प्रक्रियाबारे विवाद उत्पन्न भएको छ। यस विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।