Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काँग्रेस पदाधिकारी बैठक आज बस्दै 

काँग्रेस पदाधिकारी बैठक आज बस्दै 

images

सिआईएन

९, चैत्र २०७७
काँग्रेस पदाधिकारी बैठक आज बस्दै 
images

काठमाण्डौ, ९ चैत । नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बस्दैछ। पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको पदाधिकारी बैठकमा राजनीतिक अवस्था, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको सीआईएनलाई जानकारी दिनुभयो । बैठकमा पछिल्लो समय मुुलुकमा देखिएको राजनीतिक परिस्थिति, पार्टी भित्रकै असन्तुष्ट पक्षसँग कसरी अगाडी बढ्ने विषयमा छलफल हुने पनि उहाँले बताउनुभयो ।

यस्तै क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग पनि बैठकमा छलफल हुनेछ । यसअघि हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेको थियो । नयाँ समीकरण बनाएर सत्ता सहकार्य गर्ने विषयमा काँग्रेस दुई समूहमा विभाजन भएको छ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०९:०२:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology