Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीका ४६ हल गोरुपालक कृषकलाई ३ लाख २२ हजार अनुदान

आँबुखैरेनीका ४६ हल गोरुपालक कृषकलाई ३ लाख २२ हजार अनुदान

images

इच्छाकामना न्युज

२८, आश्विन २०८३
आँबुखैरेनीका ४६ हल गोरुपालक कृषकलाई ३ लाख २२ हजार अनुदान
images

आँबुखैरेनी। तनहुँको आँबुखैरेनी गाउँपालिकाले हल गोरु पाल्ने ४६ जना कृषकलाई अनुदान वितरण गरेको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार वडा नं. १ का कृषकलाई जनही ७ हजार रुपैयाँका दरले कुल ३ लाख २२ हजार रुपैयाँ वितरण गरिएको कृषि तथा पशु सेवा शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

परम्परागत कृषि प्रणालीको संरक्षण, हल गोरुको पालनपोषणलाई प्रोत्साहन तथा ग्रामीण कृषि संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - २२:३४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology