Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

रत्ननगर–१६ मा गर्भवती तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण

रत्ननगर–१६ मा गर्भवती तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण

images

इच्छाकामना न्युज

२६, आश्विन २०८३
रत्ननगर–१६ मा गर्भवती तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण
images

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१६ मा गर्भवती तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण गरिएको छ।

रत्ननगर नगरपालिका वडा नं. १६ को कार्यालय र पिठुवा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा नियमित गर्भवती तथा सुत्केरी जाँच गराउने आमाहरूलाई लक्षित गरी पोषण सामग्री वितरण गरिएको हो।

पिठुवा स्वास्थ्य चौकीका प्रमुख नरहरि शर्माका अनुसार आमाहरूलाई नौनी, अण्डा, मह, दाल, गेडागुडी तथा सरसफाइका सामग्री वितरण गरिएको छ।

कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले गर्भवती तथा सुत्केरी आमाको पोषणमा सुधार ल्याउनुका साथै आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयाे।

उहाँले नियमित स्वास्थ्य जाँच गर्ने बानीको विकास र आमा तथा नवजात शिशुको स्वास्थ्यप्रति सचेतना बढाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

images
प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - १५:५७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology