काठमाडाैँ ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदीमा आज राति सवारी आवागमन बन्द हुने भएको छ ।
भासिएको सडकखण्डमा थप मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्दै आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द रहने जनाएको हो ।
सडक मर्मत कार्यका क्रममा हुने असुविधालाई ध्यानमा राख्दै सम्बन्धित निकायले सवारी चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।