धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिने भएको छ।
आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल (गौतम)द्वारा जारी सूचनामा सडक मर्मतका क्रममा हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ।