Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सबै नेपाली अधिकार सम्पन्न नभए सम्म आन्दोलन जारी रहने अध्यक्ष प्रचण्डको भनाइ 

सबै नेपाली अधिकार सम्पन्न नभए सम्म आन्दोलन जारी रहने अध्यक्ष प्रचण्डको भनाइ 

इच्छाकामना न्युज

८, चैत्र २०७७
सबै नेपाली अधिकार सम्पन्न नभए सम्म आन्दोलन जारी रहने अध्यक्ष प्रचण्डको भनाइ 

काठमाण्डौ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संविधानमाथि नै प्रहार हुन थालेको बताउनुभएको छ ।

images

नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले यसको रक्षाका लागि सबै जुट्ने बेला आएको प्रचण्डको भनाइ छ ।

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि भइरहेको प्रहारको प्रतिवादन गर्नुपर्ने बताउनुभयो ।

विशेषाधिकार बिना महिला र दलित वर्गले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्दै त्यसका लागि संविधानमै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिमको विशेषाधिकार कायम गर्नुपर्ने प्रचण्डको भनाइ छ । प्राप्त अधिकार लिने र लिन बाँकी अधिकारका लागि आन्दोलन जारी राख्नुपर्ने उहाँको भनाइ छ  ।

क्रान्तिको बाटोबाट आफू टाढा नरहेको भन्दै प्रचण्डले केही शैली परिवर्तनमात्र भएको धारणा राख्नुभयो ।  सबै नेपाली अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी राख्ने उहाँको भनाइ थियो ।  

संविधानले पछाडि पारिएको वर्गलाई तलदेखि माथिसम्मका निकायमा समावेश गर्ने व्यवस्था लागू गरेकाले माथिल्लो तह र तप्कामा रहेका केही व्यक्तिलाई यो संविधान घाँडो भएको प्रचण्डको आरोप छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १८:५०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology