Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मटिहानीमा बडादशैँको अवसरमा शान्ति कलश यात्रा

मटिहानीमा बडादशैँको अवसरमा शान्ति कलश यात्रा

images

इच्छाकामना न्युज

२५, आश्विन २०८३
मटिहानीमा बडादशैँको अवसरमा शान्ति कलश यात्रा
images

महोत्तरी। महोत्तरीको मटिहानीमा बडादशैँको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले शान्ति कलश शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा हजारौँको संख्यामा श्रद्धालु भक्तजन, स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

उक्त अवसरमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी एकता, मेलमिलाप र सहिष्णुताको भावना जागृत गर्ने विश्वास व्यक्त गरे । उनले यस्ता धार्मिक कार्यक्रमले समाजमा शान्ति, सद्भाव र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने बताए । आदर्श दुर्गा पूजा समिति, मटिहानीको आयोजनामा निकालिएको शोभायात्रा मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिरको प्राङ्गणबाट शुभारम्भ भएको थियो ।

शोभायात्रा मटिहानीका मुख्य–मुख्य मार्ग हुँदै मधवापुर लगायतका क्षेत्रको परिक्रमा गरी मटिहानीस्थित लक्ष्मी सागरमा कलश भरेपछि पुनः दुर्गा मन्दिरको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।

शोभायात्राका क्रममा श्रद्धालु भक्तजनहरूले दुर्गा भवानीको जयजयकार गर्दै नगरको वातावरणलाई धार्मिक तथा आध्यात्मिक भावनाले गुन्जायमान बनाएका थिए । दुर्गा भवानीका नौवटा शक्तिपीठीय प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहका प्रस्तुतिहरू शोभायात्राका प्रमुख आकर्षण बनेका थिए ।

images
प्रकाशित मिति :आश्विन २५, २०८३ आइतवार - १६:४९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology