Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

बुढीगण्डकी बाढीः ४७ जनाको उद्धार, ३८६ सुरक्षाकर्मी परिचालन

बुढीगण्डकी बाढीः ४७ जनाको उद्धार, ३८६ सुरक्षाकर्मी परिचालन

images

इच्छाकामना न्युज

२५, आश्विन २०८३
बुढीगण्डकी बाढीः ४७ जनाको उद्धार, ३८६ सुरक्षाकर्मी परिचालन
images

काठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । आइतबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित ३ सय ८६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको बताउनु भयो ।

images
प्रकाशित मिति :आश्विन २५, २०८३ आइतवार - १४:१७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology