Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मगर भाषा संरक्षण र पुस्तान्तरणमा जुट्दै मगर संघ चितवन

मगर भाषा संरक्षण र पुस्तान्तरणमा जुट्दै मगर संघ चितवन

images

इच्छाकामना न्युज

२५, आश्विन २०८३
मगर भाषा संरक्षण र पुस्तान्तरणमा जुट्दै मगर संघ चितवन
images
भरतपुर । नेपाल मगर संघ चितवनले मगर भाषा संरक्षण र पुस्तान्तरणका लागि जिल्लाभर भाषा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ। शनिबार भरतपुरमा सम्पन्न संघको ४५औँ साधारण सभामा सचिव विष्णु आलेमगरले जिल्लाका सबै प्रारम्भिक समितिमा आवश्यकताअनुसार भाषा कक्षा सञ्चालन गरिने बताउनुभयो ।

संघका अध्यक्ष लालबहादुर रानामगरले मगर समुदायलाई सशक्त बनाउन स्थानीय तह र वडास्तरका समितिका पदाधिकारीलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो । साथै, मातृभाषा संरक्षण र संस्थागत विकासका गतिविधिलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

चन्द्र एकता मगर समाजको भवनमा सम्पन्न सभामा संस्थागत विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष बद्री पुनमगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

images
प्रकाशित मिति :आश्विन २५, २०८३ आइतवार - ००:२५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology