Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

संसद् पुग्यो नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक

संसद् पुग्यो नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक

images

इच्छाकामना न्युज

२३, आश्विन २०८३
संसद् पुग्यो नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक
images

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्‍ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३ संसद् विधेयक प्रतिनिधिसभामा दर्ता गरेका छन । मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले विधेयक ल्याइएको हो ।

नेपालको संविधानको धारा ५१ को खण्ड ९छ० को उपखण्ड ९३० मा नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकताहरू परिपूर्तिका लागि सुपथ र सुलभ रुपमा भरपर्दो आपूर्ति सुनिश्चित गर्ने, ऊर्जाको समुचित प्रयोग गर्ने विधेयकमा व्यवस्था पनि रहेको छ ।

ग्रामीण ऊर्जा नीति, २०६३ ले ग्रामीण क्षेत्रमा साना तथा लघु जलविद्युत आयोजना, जैविक ग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, सौर्य ऊर्जा प्रणालीको विकास तथा केन्द्रीय ग्रिडको विस्तार गर्ने कुरा उल्लेख गरेको छ ।

प्रस्तुत विधेयक पारित भई ऐन बनेर कार्यान्वयन भएपश्चात् नेपालमा नवीकरणीय ऊर्जाको पहिचान, प्रवर्द्धन, विकास र विस्तार भई वातावरण संरक्षणमा योगदान पुग्ने सरकारको विश्वास छ ।
साथै, राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ले ऊर्जा दक्षता बढाउन तथा ऊर्जा संरक्षण गर्न सो सम्बन्धी कानुन निर्माण गर्ने रणनीति लिएको छ ।

यस पृष्ठभूमिमा सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको हो ।

images
प्रकाशित मिति :आश्विन २३, २०८३ शुक्रवार - ११:२९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology