Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

त्रिविको ५२ औँ दीक्षान्त समारोहमा ९५ हजारभन्दा धेरै विद्यार्थी दीक्षित हुदैँ

त्रिविको ५२ औँ दीक्षान्त समारोहमा ९५ हजारभन्दा धेरै विद्यार्थी दीक्षित हुदैँ

images

इच्छाकामना न्युज

२२, आश्विन २०८३
त्रिविको ५२ औँ दीक्षान्त समारोहमा ९५ हजारभन्दा धेरै विद्यार्थी दीक्षित हुदैँ
images

काठमाडाैँ। त्रिभुवन विश्वविद्यालयको ५२ औं दीक्षान्त समारोहमार्फत ९५ हजार ५४० विद्यार्थी दीक्षित हुदैँछन् । बिहीबार बसेको त्रिवि सभाको ६७ औँ वार्षिक बैठकले यस वर्ष आयोजना हुने ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुने ९५ हजार ५४० विद्यार्थीको ग्रेसलिस्ट पारित गरिएको हो । 

यसमध्ये प्राविधिकतर्फ १५।१० प्रतिशत र साधारणतर्फ ८४।९० प्रतिशत ,एमफिल गर्ने २५३ र विद्यावारिधि गर्ने १६६ र पीजीडी १८४ जना विद्यार्थी संख्या रहेका छन् । 

संकायगत रूपमा सबैभन्दा धेरै व्यवस्थापन संकायका ४३ हजार १२४ जना , शिक्षाशास्त्र संकायमा १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायमा १५ हजार ४४१ र कानुन संकायमा ३००१ विद्यार्थी दीक्षान्त हुदैँछन। 

यसैगरी त्रिविका अनुसार विज्ञा तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र  अध्ययन संस्थानमा १ हजार ९२०, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ जनशक्ति उत्पादन भएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - १३:१६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology