Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पूर्वानुमानविपरीत यस वर्ष मनसुनमा सरदर वर्षा

पूर्वानुमानविपरीत यस वर्ष मनसुनमा सरदर वर्षा

images

इच्छाकामना न्युज

२२, आश्विन २०८३
पूर्वानुमानविपरीत यस वर्ष मनसुनमा सरदर वर्षा
images

काठमाडौं । मौसम विज्ञान विभागको पूर्वानुमानविपरीत यस वर्ष नेपालमा मनसुन अवधिभर सरदर वर्षा भएको छ।

विभागले अलनिनोको प्रभावका कारण यस वर्ष मनसुनी वर्षा सरदरभन्दा कम हुने प्रक्षेपण गरेको थियो। तर १२४ वटा वर्षा मापन केन्द्रको तथ्यांकअनुसार जुनदेखि सेप्टेम्बरसम्म देशभर १ हजार ३१७.१ मिलिमिटर वर्षा भएको छ। यो सरदर वर्षाको ९५.४ प्रतिशत हो।

नेपालमा मनसुन अवधिमा सरदरको ९० देखि ११० प्रतिशतसम्म वर्षा हुनुलाई सामान्य मानिन्छ। यस वर्ष हिमाली तथा केही पहाडी क्षेत्रमा सामान्यभन्दा बढी वर्षा भएको छ। उत्तर–पश्चिमी हिमाली क्षेत्रमा सामान्यको २०० प्रतिशतसम्म वर्षा भएको देखिएको छ।

मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा भने अधिकांश स्थानमा ९० देखि ११० प्रतिशत हाराहारी वर्षा भएको छ। पूर्वी तथा दक्षिणपूर्वी तराईमा भने सामान्यभन्दा कम वर्षा भएको छ। झापा, इलामको दक्षिणी भूभाग र मोरङको पूर्वी क्षेत्रमा सामान्यको ५० देखि ७५ प्रतिशत मात्रै वर्षा भएको देखिएको छ।

नेपालमा यस वर्ष १९ जुनमा मनसुन भित्रिएको थियो। अक्टोबर ८ सम्म पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। मौसम विज्ञान विभागले मनसुन पूर्ण रूपमा बाहिरिएपछि मात्रै यस वर्षको वर्षाको विस्तृत विश्लेषण गर्ने जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - ११:१७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology