Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपाली कांग्रेस केन्द्रीय समितिमा चितवनका ३१ जनाको उमेदवारी

नेपाली कांग्रेस केन्द्रीय समितिमा चितवनका ३१ जनाको उमेदवारी

images

इच्छाकामना न्युज

२२, आश्विन २०८३
नेपाली कांग्रेस केन्द्रीय समितिमा चितवनका ३१ जनाको उमेदवारी
images

भरतपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवनबाट ३१ जनाले केन्द्रीय कार्यसमितिमा उमेदवारी दिएका छन् ।कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेका अनुसार पदाधिकारीमा दुई नेताले उमेदवारी दिएका छन् । सहमहा मन्त्री पदमा खुल्लातर्फ विकास कोइराला र खस–आर्यतर्फ दिनेश कोइरालाले उमेदवारी दिएका हुन् ।

यस्तै, केन्द्रीय सदस्यमा खुल्लातर्फ जीतनारायण श्रेष्ठ, नीलकण्ठ रिजाल र उत्तम जोशी गरी तीन जनाको उमेदवारी परेको छ । खस–आर्यबाट राजेन्द्रप्रसाद बुर्लाकोटी, जनजातितर्फ टेकप्रसाद गुरूङ र अमृत गुरूङ, खस–आर्य महिलामा देवकी गौतम र गीता देवकोटा, थारुबाट साजन महतोले उमेदवारी दिएका छन् । यस्तै ३५ वर्ष खुल्लामा प्रकाश उप्रेती, ३५ वर्ष प्रदेशमा उमङ्ग लोहनी, जनजातिबाट सरोज गुरूङ, बागमती प्रदेश भूगोलबाट डा. सूर्यकान्त घिमिरे र जनजाति महिलाबाट गीता गुरूङले उमेदवारी दिएकी छन् ।

जनसम्पर्क समिति केन्द्रीय महिलातर्फ सीता सापकोटा, दलित महिलातर्फ शान्ति परियार, जनजाति महिलातर्फ तारा गुरूङ, एसिया प्यासिफिक क्षेत्रतर्फ नारायण सुवेदी र जनसम्पर्क समिति अस्ट्रेलियाबाट कञ्चन पोखरेलले केन्द्रीय सदस्यमा उमेदवारी दिएको उपसभापति न्यौपानेले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - १०:५०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology