Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ब्युतियो वाईसीएल: देशभर १ लाख ६५ हजार सदस्य थप गर्ने

ब्युतियो वाईसीएल: देशभर १ लाख ६५ हजार सदस्य थप गर्ने

images

इच्छाकामना न्युज

८, चैत्र २०७७
ब्युतियो वाईसीएल: देशभर १ लाख ६५ हजार सदस्य थप गर्ने
images

काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने भएको छ ।

हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो ।

वाईसीएलले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ ।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १५:५३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology