Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

images

इच्छाकामना न्युज

२१, आश्विन २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
images

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अङ्कले घटेर ४६१ दशमलव २२ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १७७ दशमलव ४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर १५५ दशमलव ६५ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड तीन लाख ६८८ कित्ता सेयर रु तीन अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घटेको छ । आज १०० कम्पनीको शेयर बढ्यो भने १६७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना, एसबिएल डिबेञ्चर र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १७:०१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology