चितवन। चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर–३ बेल्सीपुलस्थित शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको ट्रकलाई सोही दिशामा रहेको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।
मंगलबार बिहान करिब १०ः३० बजे भएको दुर्घटनामा रत्ननगर–१ का २० वर्षीय ओशिक अनसारी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा बिहान ११ः०९ बजे नयाँ मेडिकल कलेज (सीएमसी) भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रत्ननगरले ट्रक र चालक उदयपुर रौतामाई–९ का ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।