Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रियः उम्मेदवारी दर्ता १ बजेबाट

नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रियः उम्मेदवारी दर्ता १ बजेबाट

images

इच्छाकामना न्युज

२०, आश्विन २०८३
नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रियः उम्मेदवारी दर्ता १ बजेबाट
images

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ताका लागि फाराम वितरण भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अहिले उम्मेदवारहरुका लागि फाराम वितरण भइरहेको र १ बजेबाट दर्ता सुरु गरिनेछ ।

देशभरबाट आएका सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने छन् । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ताको काम सुरु गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु¥याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ । दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ । यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।

 
 

images
प्रकाशित मिति :आश्विन २०, २०८३ मंगलवार - ११:२५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology