चितवन/इच्छाकामना। चितवनको इच्छाकामना गाउँपालिका–२ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आज आयोजित एक समारोहबीच भवनको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्री, वडा नम्बर २ का अध्यक्ष पञ्चबहादुर प्रजा तथा वडा नम्बर ३ का अध्यक्ष एवं प्रवक्ता नरबहादुर नेपाल लगाएत वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेती, वडा नम्बर ५ का अध्यक्ष तेजबहादुर शेरचन, वडा सदस्यहरू, समाजसेवी प्रकाश अधिकारी, जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारी, श्री आधारभूत विद्यालय मायाटारका प्रधानाध्यापक पदमबहादुर प्रजालगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै वडा कार्यालयका प्रशासनिक सेवा थप व्यवस्थित हुनेछन्।