Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जम्मू-कश्मीरस्थित एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु

जम्मू-कश्मीरस्थित एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु

images

इच्छाकामना न्युज

१४, आश्विन २०८३
जम्मू-कश्मीरस्थित एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु
images

काठमाडौँ। भारतको जम्मू-कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ बसोहलीस्थित पावर प्रोजेक्टको सुरक्षामा खटिएका जवान अभिदेश कुमार सिंहले सरकारी एके–४७ राइफलबाट गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा सहायक कमान्डेन्ट अंकित कुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफिक अहमद र सन्दीप कुमारको मृत्यु भएको छ ।
प्रहरीले अभिदेशलाई नियन्त्रणमा लिएर पक्राउ गरेको छ । घटनापछि सीआईएसएफ मुख्यालयले छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अभिदेश आफ्नी पत्नी पूजा र उनको बच्चालाई क्वार्टर गार्डमा प्रवेश गराउने विषयमा भएको विवादपछि मेस सेक्सनमा पुगेका थिए । त्यहाँ रहेका चार जवानमाथि उनले गोली चलाएको बताइएको छ ।

भारतको गृह मन्त्रालयका अनुसार केन्द्रीय सशस्त्र प्रहरी बलमा यस्ता घटनाका पछाडि व्यक्तिगत तथा पारिवारिक समस्या, कामको तनाव, पारिवारिक विवाद र सामान्य विवादपछि आक्रोशित हुनेलगायतका कारण देखिएका छन् । गृह मन्त्रालयले यस्ता घटनाको कारण अध्ययन गर्न सन् २०२१ मा कार्यदल गठन गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन १४, २०८३ बुधवार - १०:३९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology