Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै

नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै

images

इच्छाकामना न्युज

१२, आश्विन २०८३
नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै
images

चितवन। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने क्रुज सिपलाई क्रेनको सहयताले निकाल्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाँकाअनुसार ७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताउनु भयो । अबको केही घण्टामा क्रुज निकाल्न सकिने उहाँको भनाइ छ । उहाँले क्रुजसम्म पुग्नको लागि ट्र्याक खोलिसकेको जानकारी दिनुभयो । झन्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।

उहाँले भन्नुभयो, ‘यही असोज ९, १० र ११ गतेसम्म परेको अविरण वर्षाको कारण गण्डकी बेसिनमा पानीको वहाव बढी भयो । नारायणी नदी खतराको तहभन्दा निकै माथि पुगेको थियो । त्यहीबीचमा त्यहाँ सञ्चालन भइराखेको क्रुज बगाएको हो । क्रुज बगाइसकेपछि त्यसले पनि असर पार्यो । पुलको दायाँ किनारातर्फ रहेको अन्तिम पेयर र एबटमेन्टको बीचमा गएर त्यो अड्किएको छ । यस्तो हुन्छ भनेर हामीले सोचेका थिएनौँ । त्यहा क्रुजलाई अलि सुरक्षित हिसाबले राख्नुपथ्र्यो । तर त्यसो गरिएन । हामीले हिजो बेलुकादेखि नै तीन ठाउँबाट क्रेनहरु मगायौँ । दुई वटा बुटवल–नारायणघाट सडकमा भएको कन्ट्र्याक्टरको क्रेन र एउटा चाहिँ त्रिशूलीमा रहेको हाइड्रोपावरको क्रेन जुन ८० टन क्यापासिटीको छ ।

त्यो मगाएर हिजो बेलुकादेखि नै हामीले काम गरिरहेका छौँ । हामीले त्यो ठाउँसम्म पुग्नको लागि ट्रयाक खोलिसक्यौँ । सडक विभागले नै त्यो ट्रयाक खोल्ने काम गरिरहेको छ । हामी जिल्ला प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले त्यसलाई हटाउनको लागि हाम्रो टोली तयारी अवस्थामा रहेको छ । विभागकै एकजना इन्जिनियर टोलीको नेतृच्व गरिरहेको छ । सोमवार दिउँसोम्म हामी त्यो क्रुज हटाइसकेका हुन्छौँ ।’

 

images
प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - १६:५१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology