Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

‘पेन्सन पट्टा’को बक्स अफिसमा उत्साहजनक व्यापार, ग्रस ७ करोड नाघ्यो

‘पेन्सन पट्टा’को बक्स अफिसमा उत्साहजनक व्यापार, ग्रस ७ करोड नाघ्यो

images

इच्छाकामना न्युज

१२, आश्विन २०८३
‘पेन्सन पट्टा’को बक्स अफिसमा उत्साहजनक व्यापार, ग्रस ७ करोड नाघ्यो
images

माओत्से गुरूङ निर्देशित फिल्म 'पेन्सन पट्टा'ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मको ग्रस कमाइ ७ करोड रूपैयाँ नाघेको छ। 

बोर्डले सोमबार सार्वजनिक गरेको आइतबारसम्मको विवरणअनुसार 'पेन्सन पट्टा'ले ७ करोड १ लाख ४१ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइका लागि फिल्मका २ लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन्। 

क्यूएफएक्सले भन्यो- सुपरहिट

फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि 'सुपरहिट' घोषणा गरेको छ। क्यूएफएक्सको आधिकारिक वेबसाइटमा 'पेन्सन पट्टा'लाई 'सुपरहिट'को उपाधि दिइएको हो।

क्यूएफएक्सले आफ्ना सिनेमा घरमा पहिलो साता १ करोड ५० लाख रूपैयाँ र दुई सातामा २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई ‘सुपरहिट’ घोषणा गर्ने गरेको छ। यस आधारमा ‘पेन्सन पट्टा’ले दुई साता पूरा नहुँदै क्यूएफएक्सका हलबाट मात्रै २ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइ गरेको देखिन्छ। 

फिल्म अहिले भने तेस्रो सातामा प्रदर्शनरत छ। 'पेन्सन पट्टा' सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म हो।गरिबी ऋणको बोझ र आमाछोराको संघर्षलाई यसको कथाको केन्द्रमा राखिएको छ। फिल्मले पेन्सन पट्टाको खोजीमा निस्किएको राजनको यात्रामार्फत मानवीयता र सोचमा आउने परिवर्तनलाई प्रस्तुत गर्छ। फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ,बुद्धि तामाङ,विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ।

images
प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - १३:३८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology