Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

images

इच्छाकामना न्युज

१०, आश्विन २०८३
नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
images

चितवन । निरन्तरको वर्षासँगै नारायणी नदीको जलसतह तीव्र रूपमा बढिरहेको छ। चितवनको देवघाट क्षेत्रमा नारायणीले बिहानै सतर्कता तह पार गरेकोमा अहिले खतराको तह नजिक पुगेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान १०ः३५ बजेसम्म नारायणी नदीको जलसतह ८।६७ मिटर पुगेको छ। नारायणीमा ९ मिटरलाई खतराको तह मानिन्छ। जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैगरी त्रिशूली नदीको भोर्ले क्षेत्रमा पनि जलसतहले सतर्कता तह पार गरेको जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै बाढीसम्बन्धी सूचनाका लागि टोल फ्री नम्बर ११५५ उपलब्ध गराएको छ।

 

images
प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - १५:५६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology