Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि विहानसम्म बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि विहानसम्म बन्द हुने

images

इच्छाकामना न्युज

८, आश्विन २०८३
नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि विहानसम्म बन्द हुने
images

चितवन। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्णरुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) विहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यक बाहेक यात्रा नगर्न,मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १६:२०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology