Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खाँडाचक्रमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै, विद्यार्थी बिरामी हुँदा विद्यालयमै प्राथमिक उपचार 

खाँडाचक्रमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै, विद्यार्थी बिरामी हुँदा विद्यालयमै प्राथमिक उपचार 

सिआईएन

७, चैत्र २०७७
खाँडाचक्रमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै, विद्यार्थी बिरामी हुँदा विद्यालयमै प्राथमिक उपचार 
images

हस्त चौलागाँई, कालिकोट, ६ फागुन । कालिकोटका ९ वटा स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकाले पहिलो पटक विद्यालय नर्स कार्यक्रम संचालन गरेको छ । कार्यक्रम संचालन पश्चात विद्यालयमा अध्ययनरत किशोर, किशोरी बालवालिका र विद्यालय शिक्षकहरु सामान्य विरामी हुँदा विद्यालयमै उपचार पाउछन् ।  

images
images

खाँडाचक्र नगरपालिका कालिकोटले नगरपालिका भित्रका १० वटा माध्यमिक विद्यालयमा विद्यालय नर्स राखेपछी अध्ययनरत छात्र, छात्राहरुलाई सजिलै उपचार गर्ने बातावरण सृजना भएको छ । खाँडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेले आफ्नो नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरुमा विद्यालय नर्सको आवश्यकता ठानेपछी नगर प्रमुखको पहलमा  नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सहयोग प्राप्त भएको हो ।

नगर प्रमुख जसि प्रसाद पाण्डेका अनुसार विद्यालयमा प्रायजसो अध्ययनरत विद्यार्थीहरु विरामी परेर नजिकैको स्वास्थ्य जाँदा अध्ययनमा बाधा पुग्ने भएपछी विद्यालयमै स्वास्थ्य उपचारका लागि विद्यालय नर्स कार्यक्रम नगरपालिले संचालन गरेको बताएका छन् ।

नगरपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरु रजस्वला हुँदा चाहिने सेनेटरी प्याड लगाएत अन्य औषधीहरु पनि विद्यालयमा छन् ।

विशेषगरी किशोरीहरुलाई धेरै समस्या हुनेभएपछी विद्यालय नर्सको आवश्यता रहेको पाण्डेले बताउनुभयो । वडा नम्बर ५ स्थित श्री चुलिमाकालि माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा कविता बरालका अनुसार विद्यालय नर्स कार्यक्रम संचालन पछी सहज रुपमा विद्यालयमै उपचार पाईएको छ । 

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १८:०३:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology