Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

७, आश्विन २०८३
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
images

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - १०:२८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology