गोरखा । हाल वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा रहेका गोरखाको सहिदलखन गाउपालिका ३ निवासी नवीन थापाले रसुवा बाढिपिडितको लागि रकम संकलन गरि नेपाल पठाएका छन् ।
उनले साउदी अरबको Almarai company हेनकिया शाखामा कार्यरत रहेको विभिन्न देशको साथीहरुसंग सहयोग रकम संकलन गरि ४६ हजार ७ सय ७७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाएका हुन् ।
यस कार्यले नेपालीको पिडामा विदेशीहरुको समेत मन जोडिएको सन्देश पाएको उनले बताए ।